२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जसपाद्वारा देशभर एकमहिने संघर्षका कार्यक्रम घोषणा, यसरी हुँदैछ सुरुवात

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले करिब डेढ महिनासम्म चल्ने आन्दोलनका कार्यक्रम आजदेखि सुरु गरेको छ।

पार्टीले  आज देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै व्यापक आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

जसपाले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक प्रतिनिधिसभा क्षेत्रअन्तर्गतका मुख्य शहर तथा बजार क्षेत्रमा विरोध प्रदर्शन सञ्चालन गरिनेछ।

त्यसपछि मंसिर १९ र २१ गते जिल्ला प्रशासन कार्यालयहरू अगाडि शान्तिपूर्ण धर्ना दिने कार्यक्रम छ। मंसिर २७ देखि पुस ४ गतेसम्म भने जिल्लागत विरोधसभा र जनसभा आयोजना गरिने जसपाले जानकारी दिएको छ।

यसबाहेक पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज र पुस १७ गते भैरहवामा ठूलो जनसभा गर्ने तयारी समेत पार्टीले गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट