काठमाडौं । शिक्षामन्त्री महबीर पुनले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा युवालाई अगाडि ल्याउनुपर्नेमा जोड दिएका छन्।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै वर्तमान परिस्थितिमा सिंहदरबार घेरेर मात्र देशको विकास नहुने कुरा युवाहरुले बुझ्न नसकेको बताएका छन् ।
‘सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा खै बुझेको,’ उनले लेखेका छन्, ‘अबको भविष्य उज्ज्वल बनाउन एक मात्र बाटो भनेको फागुन २१ को आम निर्वाचनमा नयाँ पुस्तालाई अघि सार्नु हो।’
पुनले पुराना नेताहरूलाई लोभीपापी र स्वार्थी समूहको रूपमा देखाउँदै देशका संयन्त्रहरु बर्बाद गरिरहेको आरोप लगाएका छन् ।
उनका अनुसार, यही निर्वाचनमा बुढा–पुराना नेताहरूलाई बिदा गरी युवा नेतृत्वलाई जिम्मेवारी दिने हो भने मात्र देश सही दिशामा अघि बढ्ने छ।

प्रतिक्रिया दिनुहोस