काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने छ ।
प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा समसामयिक विषय वस्तुका साथै पार्टीको भावी रणनीति, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल हुनेछ ।
त्यस्तै, बैठकले आसन्न केन्द्रीय समिति बैठकका एजेण्ड समेत तय गर्नेछ भने पार्टीका सबै तहको अधिवेशनका बारेमा पनि छलफल गर्ने छ ।
प्रतिक्रिया दिनुहोस