२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

विधान बमोजिम तत्काल महाधिवेशन सुनिश्चित गर्न कांग्रेस विशेष महाधिवेशन हस्ताक्षरकर्ताको माग

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुले विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन् ।

कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले पार्टी विधानअनुसार वैधानिक रुपमा अघि सारेको मागलाई नेतृत्वले बेवास्ता गरेको भन्दै विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेको हुन् ।

कांग्रेसको आन्तरिक जीवन र महाधिवेशन प्रक्रियामा देखिएको लामो अन्यौल र निर्णयहिनताले पार्टी गम्भीर संकटको मोडमा उभिएको भन्दै उनीहरुले यस अवस्थाको सम्पूर्ण जिम्मेवारी वर्तमान केन्द्रीय नेतृत्वले लिनुपर्ने जनाएका छन् ।

नियमित महाधिवेशनको मिति तोक्न समेत अनाकानी गर्ने, विशेष महाधिवशेनको मागलाई सम्बोधन नगरी अनावश्यक रुपमा केन्द्रीय समितिको बैठक लम्वाइराख्ने प्रवृति पार्टीकै लागि समेत उचिन भएको कांग्रेस नेता देवराज चालिसेले बताए ।

उनले आफुहरुले चूनावअघिको शक्ति र अवस्था नभइ नयाँ नीति र नेतृत्व खोजेको स्पष्ट पारे । चालिसेले वर्तमान कार्यसमितिको समयावधि थप नगरि नियमित महाधिवेशन सम्पन्न भइ नयाँ नेतृत्व निर्वाचित हुने अवस्थामा मात्रै विशेष महाधिवेशनको माग स्वतः निष्कृय हुने भन्दै त्यस बाहेकका अवस्था विशेष महाधिवशेनको अधिकारलाई कसैले रोक्न नसक्ने धारणा राखे ।

विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुले एकताबद्ध र जनअपेक्षित कांग्रेस निर्माणका लागि विधानले तोकेको समयसीमा पुष २८ भित्र विशेष महाविधेशन अनिवार्य रुपमा सम्पन्न हुनैपर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट