२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

नेकपा र जसपाको एकीकरण पक्षधर समूहलगाएत बीच एकता

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)को एकीकरण पक्षधर समूहलगाएतबीच एकता भएको छ ।

बिहीबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एक कार्यक्रमका बीच नेकपा, जसपा एकीकरण पक्षधर, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा(माओवादी) विद्रोही समूहबिच एकता घोषणा भएको हो ।

एकतामा आएका दलका नेताहरुलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल, झलनाथ खनाल, बामेदव गौतम लगाएतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।

एकता कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले युवाहरुलाई पार्टीमा आउन आह्वान गर्दै युवाहरुले उठाएका मुद्धालाई स्थापीत गर्ने पार्टी नेकपा मात्रै भएको बताए । नेकपाको एकता कुनै आवेगमा गरिएको एकताको अभियान नभएको भन्दै राष्ट्रको स्वाधिनताको रक्षा, जनताको स्वभिमानको रक्षा गर्न देशभक्त कम्युनिष्टहरु एकै ठाँउमा आउनुपरेको उनले बताए । प्रचण्डले एमालेमा रहेका इमानदार, देशभक्त र क्रान्तिकारी नेताहरु बृहत् वामपन्थी एकतामा आउन अपिल गरे ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले देशको अहिलेको आवश्यकताका आधारमा कम्युनिष्ट पार्टीबीच बृहत एकता गरिएको बताए । नेपाली विशेषताको वैज्ञानिक समाजवादको आधारमा दलहरुबीच साझा सहमति भएको भन्दै मुलुकको अर्थतन्त्रलाई दिगो र फराकीलो बनाउदै अघि बढ्नुपर्नेमा जोड दिए । उनले नेकपाको एकतापछि देशैभर उत्साह देखिएको दावी गरे ।

त्यस्तै नेकपामा प्रवेश गरेका नेता राजेन्द्र श्रेष्ठले सुशासन, समृद्धितर्फ मुलुकलाई अघि बढाउने कार्यभार नेकपाले मात्रै गर्न सक्ने भएकाले आफु सामेल भएको बताए । मुलुक परिवर्तनमा गएपछि चाहेजस्तो उपलब्धी प्राप्त नभएकाले बाँकी कार्यभार प्राप्त गर्ने कार्यभार आफुहरुले पुरा गर्ने भन्दै उनले त्यसका लागि युवाहरुसंग सहकार्य गर्दै अघि बढ्ने जिकिर गरे । उनले जेनजीलाई खिस्सिट्युरी गरेका कारण केपी ओली सत्ता छोडेर भाग्नुपरेको बताए ।

उनले देशलाई अप्ठेरो परेका बेला हेलिकप्टर चढेर भाग्ने व्यक्तिले अव देशको नेतृत्व गर्न नसक्ने तर्क गरे । कार्यक्रममा नेकपाले केहि युवाहरुलाई समेत पार्टी प्रवेश गराएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट