२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मुख्यमन्त्री कार्कीले लिदैनन् भ्रमण भक्ता, सरकारको लाखौँ रुपैयाँ बचत

शुक्रवार , मंसिर १२, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानूनले व्यवस्था गरेको दैनिक भ्रमण भक्ता नलिने गरेको पाईएको छ ।

“मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन” अनुसार सरकारी कामका लागि स्वदेशमा भ्रमण गर्दा प्रतिदिन ३ हजार रुपैयाँ र विदेश भ्रमणमा जाँदा प्रतिदिन २२५ अमेरिकी डलर पाउने कानुनी व्यवस्था छ । तर मुख्यमन्त्री कार्कीले यी सुविधामध्ये कुनै पनि भत्ता दाबी नगरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पुष्टि गरेको छ ।

मुख्यमन्त्री कार्की २०७४ सालमा गठन भएको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीका रूपमा करिब साँढे तीन वर्ष काम गरे । सो अवधिमा पनि कार्कीले भक्ताको विल पेश गरेका थिएनन् ।

मुख्यमन्त्री कार्की करिब दुई बर्ष मुख्यमन्त्री हुँदा एकपटक पनि भ्रमण भत्ताको विल पेश नगरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत पेसल पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार अघिल्लो आर्थिक वर्षमा मात्र मुख्यमन्त्री कार्की २४ पटक संघीय राजधानी काठमाडौं गएका थिए । तर, उनले कानुनी रूपमा पाउनुपर्ने भत्ता माग गरेनन् । “बजेट विनियोजन गरिएको भए पनि मुख्यमन्त्रीले भ्रमण भक्ता दाबी गर्नुभएन,” लेखा अधिकृत पोखरेलले भने ।

मुख्यमन्त्री कार्कीले भ्रमण भत्ता नलिदा सो रकम सरकारका लागि बचत हुन् पुगेको छ । स्वदेश भ्रमणमा मात्र भत्ता नलिएको हिसाबले पनि लाखौँ रुपैयाँ जोगिएको छ ।

सेवासुविधा सम्वन्धी ऐन अनुसार मन्त्रीहरूले स्वदेश भ्रमणमा प्रतिदिन २ हजार ५ सय रुपैयाँ तथा विदेश भ्रमणमा प्रतिदिन २ हजार अमेरिकी डलर भत्ता पाउन सक्ने व्यवस्था छ । तर मुख्यमन्त्री कार्कीले मुख्यमन्त्रीका रुपमा र अघिल्लो कार्यकालमा मन्त्री भइरहँदा समेत कुनै पनि भत्ता नलिएको उल्लेख छ ।

मुख्यमन्त्री कार्कीले “सरकारी कोषमा अनावश्यक भार नपरोस्” भन्ने उद्देश्यले भत्ता नलिने निर्णयलाई वर्षौंदेखि निरन्तरता दिँदै आएको जनाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट