२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपा प्रवेश, पाए बरिष्ठ सल्लाहकारको जिम्मेवारी

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

शुक्रबार रास्वपा पार्टी कार्यालय बनस्थलीमा रास्वपाका नेताहरुले पोखरेललाई रास्वपामा प्रवेश गराएका हुन् । रास्वपाले पोखरेललाई केन्द्रीय अनुशासन आयोगको बरिष्ठ सल्लाहकारको जिम्मेवारी दिइएको छ । रास्वपा प्रवेश गरेपछि पोखरेलले मुलुकको बिकास र समृद्धि गर्ने भरोसाको पार्टी रास्वपामात्रै भएको बताए ।

मुलुकको परिवर्तनका लागि इमान्दार व्यक्ति जोडिएको पार्टी रास्वपा नै भएकाले आफु पार्टी प्रवेश गरेको उनले बताए । उनले रवि लामिछानेमाथि अन्याय भएकाले त्यसको बिरुद्ध लडाइ गर्ने उल्लेख गरे । आफु कानूनको विद्यार्थी समेत भएकाले व्यक्ति हेरेर कानूनको व्याख्या हुन्छ भन्नेमा आफु जानकार रहेको उनको भनाइ छ ।

उनले रवि लामिछानेले सुशासनका लागि गरेको कामबाट त्रसित भएर फसाउने काम गरेको तर्क गरे ।

पोखरेलले आफ्नो जीवनको सम्पूर्ण अनुभवले रास्वपालाई अघि बढाउने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट