२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

एमाले सचिव विष्टको आग्रह 'पार्टीलाई पुनर्गठन गर्नेगरी प्रतिनिधि चयन गर्नू'

शनिवार , मंसिर १३, २०८२

काठमाडौं । आगामी महाधिवेशनलाई लक्षित गर्दै नेकपा एमालेले आज देशभर प्रतिनिधि चयनको प्रक्रिया अघि बढाएको छ।

नेतृत्व चयनको निर्णायक चरण मानिएको यस प्रक्रियामा सचिव गोकर्ण विष्टले पार्टी पुनर्गठन र जनविश्वास पुनःस्थापनाका लागि जिम्मेवार रूपमा प्रतिनिधि छान्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले भने, “देशमा देखिएको विषम परिस्थितिलाई सम्बोधन गर्दै पार्टीलाई थप गति, ऊर्जा र एकताको साथ बलियो बनाउनुपर्नेछ। समयको माग र कार्यकर्ता–जनताको चाहनाअनुसार पुनर्गठित ढंगले अघि बढाउनेगरी प्रतिनिधि चयनमा तपाईंहरूको भूमिका महत्वूपूर्ण हुनेमा विश्वस्त छु।”

एमालेको एघारौँ महाधिवेशन मङ्सिर २७ देखि २९ गते काठमाडौँमा हुनेछ। महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै प्यान सहित प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट