२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

विराटनगरमा एमाले प्रतिनिधि छनोटका क्रममा तनाव हुँदा हात हालाहाल

शनिवार , मंसिर १३, २०८२

विराटनगर । विराटनगरमा नेकपा एमालेको ११ औँ अधिवेशनका लागि प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा तनावको स्थिति सिर्जना भएको छ ।

विराटनगरको पाञ्चालीस्थित एमाले पार्टी कार्यालयमा मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधि चयनमा विवाद हुँदा हात हालाहाल भएको हो ।

पार्टी कार्यालयमा जारी मतदानका क्रममा कार्यकर्ताहरूबीच झडप भएको हो । विवादको मुख्य कारण फर्जी मतदानको प्रयास रहेको बताइएको छ ।

मोरङमा सस्थापन पक्ष र इतर समूहको बीचमा प्यानल भिडन्त छ । विवादपछि केहिबेर मतदान स्थगित समेत भएको थियो ।

एमाले नेता परशुराम बस्नेतले मतदान स्थलमा एकै व्यक्तिले पटक–पटक अशक्त व्यक्तिहरूको नाममा भोट हाल्न खोजेको बताए ।

विवादका क्रममा विनोद ढकाल समूहका कार्यकर्ताले संस्थापन पक्षका नेता बस्नेतमाथि हातपात गरेको प्रहरीले बताएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट