२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

रास्वपा बाराकाे र्‍यापिड एक्सन टिमद्वारा वडा स्तरीय चियापान कार्यक्रम सम्पन्न

शनिवार , मंसिर १३, २०८२

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको जेनजी (Gen-Z) टिम RAT (र्‍यापिड एक्सन टिम) को कलैया-०३ मा वडा स्तरीय चियापान कार्यक्रम सम्पन्न भएको छ ।

बाराकाे कलैयामा भएकाे उक्त कार्यक्रमको अध्यक्षता RAT बाराका जिल्ला संयोजक आदित्य मेहताले गरेका थिए र प्रमुख अतिथीको रुपमा रास्वपा जिल्ला सभापति चन्दन कुमार स्वर्णकार रहेका थिए ।

कार्यक्रमको व्यवस्थापन रास्वपा बारा क्षेत्र–३ का RAT सभापति अभिषेक पटेलले गरेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला सभापति चन्दन स्वर्णकारले भने, 'अबदेखि बाराको कुनै पनि सार्वजनिक निकाएमा भ्रस्टाचार भएको पाइएमा त्यसविरुद्ध शान्तिपूर्ण अनुशासनको पालना गर्दै बिरोध गर्न र त्यसको शसक्त प्रतिकार गर्न जिल्लाको र्‍यापिड एक्सन टिम सधैँ तयारी अवस्थामा रहन्छ ।'

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट