२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

नेपालीको आत्मनिर्णयमाथि चूनौति दिने विदेशीतत्वसँग लड्न कम्युनिष्ट एकता गरिएको हो : प्रचण्ड

शनिवार , मंसिर १३, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि चूनौति दिने विदेशीतत्वसँग लड्न कम्युनिष्ट एकता गरिएको बताएका छन् ।

शनिबार दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई साथमा लिएर प्रतिक्रियाबादी हस्तक्षेपकारी विदेशीतत्वसंग लड्न कम्युनिष्ट एकता गरिएको बताएका हुन् । उनले जनताको भावना बुझेर साथमा नलिएरसम्म दुईतिहाइले पनि केहि गर्न नसक्ने जेनजी आन्दोलनमा स्पष्ट भएको जिकिर गरे ।

प्रचण्डले दुईतिहाइको दम्भमा अघिल्लो सरकारले भ्रष्टचारीलाई बचाउने काम गरेकाले प्रधानमन्त्री बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपरेको धारणा राखे । जनताले लखेटेपनि केहि नेतामा अझै पनि अहंकार र दम्भ नहटेको उनको भनाइ छ । उनले आफुहरुबाट भएका गल्तीकमजोरीको समिक्षा गर्दै नेकपा एकता भएको भन्दै अब जेनजीको मुद्दालाई अघि बढाउने बताए ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले राम्रा कुराको निरन्तरता र कमीकमजोरीलाई सुधार गर्ने संकल्पका साथ नेकपा गठन गरिएको बताए । जनताको जीवनलाई सुखी बनाउने र समानता कायम गर्न पार्टीले ध्यान दिने उनले बताए ।

उनले यवाहरुले अघि सारेका बिषयलाई समेत आत्मसाथ गर्दै देशले चाहेको समाजवाद स्थापीत गरेरै छाड्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट