२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सामाजिक सञ्जालमा फैलिएको भ्रामक सामग्रीप्रति नेता शर्माको आपत्ति

शनिवार , मंसिर १३, २०८२

काठमाडौं। सामाजिक सञ्जालमा आफ्नो नाम, अभिव्यक्ति र राजनीतिक धारणा जोडेर विभिन्न भ्रामक, अपुष्ट र मनगढन्ते सामग्री तीव्र रूपमा फैलिन थालेपछि नेता डा. सुनील कुमार शर्माले त्यसप्रति गम्भीर आपत्ति जनाएका छन्।

शर्माले एक सार्वजनिक अभिमत जारी गर्दै आफूलाई जोडेर बनाइएका फेक सामग्री, तोडमोड गरिएको अभिव्यक्ति र अदालत, संविधान तथा लोकतान्त्रिक व्यवस्था जस्ता संवेदनशील विषयमा गरिएका मिथ्या दाबीहरू अत्यन्त चिन्ताजनक रहेको उल्लेख गरेका छन्। उनका अनुसार यस्ता कार्यले केवल व्यक्तिगत प्रतिष्ठामाथि आघात पुर्‍याउने मात्र होइन, लोकतान्त्रिक संरचना र सार्वजनिक विश्वासमै प्रहार गर्ने खतरा छ।

शर्माले सबै सरोकारवाला, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सञ्चारकर्मीलाई तथ्यमा आधारित सूचना मात्र सार्वजनिक गर्न आग्रह गरेका छन्। उनले आफू सम्बन्धी आधिकारिक धारणा र जानकारी स्वीकृत डिजिटल प्लेटफर्महरू तथा विश्वसनीय स्रोतहरूबाट मात्र प्रकाशित हुने स्पष्ट गरेका छन्। अन्यत्र देखिएका दाबीहरू आफ्नो आधिकारिक विचार नभएको उनले पुनः दोहोर्याए।

डा. शर्मा पछिल्ला वर्षहरूमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार सहयोग र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण मोरङ क्षेत्र नं ३ मात्र होइन, देशभर नै लोकप्रिय युवा नेताका रूपमा उभिन थालेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट