२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

एमाले महाधिवेशनः ओखलढुंगाबाट ओलीइतर समूहको प्यानलै विजयी

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि ओखलढुंगाबाट सबै प्रतिनीधि ईश्वर पोख्रेल पक्षका विजयी भएका छन् । प्रतिनिधि छनौटका लागि शनिवार भएको मतदान प्रकृयाबाट चुनाव जितेर ईश्वर पोखरेल पक्षका नेताहरु प्रतिनिधि बनेका हुन् ।

ओखलढुंगाबाट महाधिवेशनमा प्रतिनिधित्व गर्ने १२ जनामा खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञान बहादुर खड्का, कमल प्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत विजयी भएका छन् ।

यस्तै, महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ निर्वाचित भएका छन् । युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

महाधिवेशन प्रतिनिधि निर्वाचित यि सबै नेता जिल्लामा अम्बिर गुरुङ निकट हुन् ।

केन्द्रमा ईश्वर पोखरेललाई आदर्श नेता मान्ने गुरुङले पोखरेल ओखलढुंगामै जन्मिएका नेता भएकाले पनि पार्टीको केन्द्रीय अध्यक्षको उम्मेदवार बन्दा सघाउनुपर्ने तर्क गर्दै आएका छन् । जिल्लाबाट छानिएका प्रतिनिधि सबै गुरुङ निकट भएकाले पोखरेलकै पक्षमा उभिने छन् ।

१२ जना प्रतिनिधि छनौट गर्नुपर्नेमा ४१ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारहरु बीच सहमति नजुटेपछि निर्वाचन कमिटीले पार्टीको अपानी अनुसार मतदान गराएर प्रतिनिधि छानेको निर्वाचन कमिटी प्रमुख सोभितमान गुरुङले बताए । प्रतिनिधि छनौटका लागि भएको मतदानमा १५१८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट