२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

प्रधानमन्त्री कार्कीले भनिन्ः कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन

आइतवार , मंसिर १४, २०८२

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफ्नो समान सम्मान रहेको स्पष्ट पार्दै सामाजिक सञ्जालमार्फत् शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैलाई आग्रह गरेकी छन्।

उनी यसअघि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भका क्रममा दिएको अभिव्यक्तिप्रति प्राप्त केही टिप्पणीप्रति ध्यानाकर्षण भएको बताएकी छन्। प्रधानमन्त्री कार्कीले आफ्नो अभिव्यक्तिले कुनै धर्म वा समुदायलाई होच्याउने उद्देश्य नभएको स्पष्ट पारेकी छन्।

सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत् उनले भनेकी छन्, “कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन। सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ।”

प्रधानमन्त्रीको यो प्रतिक्रिया सामाजिक सञ्जालमा फैलिएका टिप्पणी र विवादका बीच आएको हो, जसले व्यापक ध्यान तानेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट