काठमाडौं । अधिवक्ता राखिका खतिवडा नेकपा एमालेको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन् ।उनी सर्लाही–२ बाट महिला क्लस्टरको प्रतिनिधि बनेकी हुन् ।
काठमाडौंमा हुने एमालेको ११ महाधिवेशनका लागि सर्लाहीका चारै निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।
अधिवक्ता खतिवडाले एमालेको महाधिवेशन प्रतिनिधिमा चयन भएसँगै केन्द्रीय सदस्यको उम्मेदवारी पनि घोषणा गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस