२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पार्टी विवाद मिलाउन मध्यमार्गी भूमिकामा खाण

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पार्टीमा देखिएको महाधिवेशन सम्बन्धी विवाद मिलाउन मध्यमार्गी भूमिका निभाइरहेका छन्। गत असोज २८ गते देखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा विवादका कारण १५औं महाधिवेशनको सर्वसम्मत कार्यतालिका आउन नसकेपछि नेताहरूबीच देखिएको विवाद मिलाउन सक्रिय भूमिका निभाइरहेका छन्।

उनले पार्टीलाई एकताबद्ध गराउने गरी धारणा राखेर त्यस अनुरूपको प्रयास गरिरहेका नेताहरू बताउँछन्। खाणले विशेष महाधिवेशन माग्नेहरूलाई पनि मिलाएर पार्टी एकताबद्ध बनाई नियमित महाधिवेशन गर्ने वातावरण बनाउनुपर्ने बताइरहेका छन्। पार्टी एक ढिक्का हुने भए निर्वाचन अगाडि महाधिवेशन गर्नका लागि पनि सबै नेताहरू तयार रहनुपर्ने खाणको धारणा रहँदै आएको छ।

खाणले बिशेष महाधिवेशनले पार्टिमा बिग्रह ल्याउन सक्ने औल्याउँदै नियमित महाधिवेशनले नै पार्टिलाई पुनर्ताजगी गर्न सक्ने धारणा बैठकहरूमा राख्दै आएका छन्। उनले संस्थापन पक्षका केही नेताहरूले २०८३ बैशाखमा मात्रै महाधिवेशन गर्नुपर्छ भन्ने धारणा परिवर्तन गरी पार्टीलाई एक ढिक्का बनाउन प्रयास गरिरहेका छन्।

कांग्रेसमा मुख्य गरी संस्थापन पक्षीय नेताहरू पूर्व उपसभापति बिमलेन्द्र निधी, पूर्व महामन्त्री कृष्ण सिटौला, सह महामन्त्री महेन्द्र यादव लगायतका नेताहरुलाई पार्टी एक ढिक्का हुने सर्तमा निर्वाचन अगाडि महाधिवेशन गराउन कन्भिन्स गर्ने प्रयास गरिरहेका छन् । गत शनिबार सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा नेताहरु निधि र सिटौला निर्वाचन अगाडि महाधिवेशन गर्ने तयारी गरिए नोट अफ डिसेन्ट लेख्ने भन्दै बाहिरिएपछि खाणले नै फकाएर उनीहरूलाई पुन बैठकमा पुर्‍याएका थिए। त्यसपछि उनीहरू समेत पार्टी मिल्ने शर्तमा चुनाव अगाडि महाधिवेशन गर्न लचक भइरहेका बताइन्छ ।

पार्टिको सङ्गठनमा बलियो पकड भएका खाणले महाधिवेशनको सन्दर्भमा उठेका भिन्न मतहरुलाई एकरुपता ल्याउन निकै महत्वपूर्ण भुमिका निर्बाह गरेको बैठकमा सहभागी केन्द्रिय सदस्यहरु बताउछन।

एकताबद्ध काङ्ग्रेसले मात्रै बर्तमान राष्ट्रिय राजनितिमा जिम्मेवार भुमिका निर्वाह गर्नसक्ने भन्दै पार्टी भित्रका सम्पूर्ण पक्षहरु एक हुनुपर्ने धारणा खाणको छ । खाणले वैशाखमै महाधिवेशन हुनुपर्छ भन्ने संस्थापन पक्ष नेताहरू र निर्वाचन अगाडि महाधिवेशन नगरे पार्टी दुर्घटनामा पर्छ भन्ने नेताहरूसँग समानान्तर रुपमा छलफल गरी मिलाउने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट