२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, पुस अन्तिम सता नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा उत्पन्न विवाद नमिल्दा बैठक निरन्तर सारिदै आएको थियो।

पार्टीभित्र पछिल्ला छलफलहरूले पुस अन्तिम सातामा १५ औँ महाधिवेशन गर्ने कार्यतालिकामा प्रारम्भिक सहमति बनेको नेताहरूले जनाएका छन्। आजको बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पुस २६ देखि २९ सम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव टेबुलमा राख्ने तयारी गरेका छन्।

बैठकअघि कार्यबाहक सभापति खड्का सबै पक्षसँग अलग–अलग रूपमा अनौपचारिक छलफल गर्दै सहमति निर्माणको प्रयासमा जुटेका छन्। केन्द्रीय बैठकको पूर्वसन्ध्यामा उनले आइतबार महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग सामूहिक छलफलसमेत गरेका थिए। छलफलमा खड्काले पुस अन्तिम सातामै महाधिवेशन गर्ने योजनालाई औपचारिक रूपमा अघि बढाउने संकेत दिएका थिए।

गत असोज २८ गतेदेखि सुरु गरिएको कांग्रेस केन्द्रीय समिति बैठक महाधिवेशन सम्बन्धी विवाद टुंगोमा नपुग्दा आजसम्म लम्बिएको हो।

विशेष महाधिवेशनको माग दर्ता गराएका महामन्त्री गगन थापा पनि सबै शीर्ष नेताले इमानदार रूपमा लागे पुसभित्रै महाधिवेशन सम्भव हुने धारणा व्यक्त गरिरहेका छन्। असोज २९ गते दर्ता भएको विशेष महाधिवेशन मागअनुसार पुस २८ गतेभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने कानुनी व्यवस्था छ।

पुस २७ गतेदेखि महाधिवेशन गर्नसकिने विकल्पसहित कार्यतालिका निर्माणको गृहकार्य भइरहेको र आजको बैठकमा प्रस्ताव टेबलमा पुग्न सक्ने एक नेताले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट