२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अब लघुवित्तले धितोमा १५ लाखसम्म कर्जा दिन पाउने

सोमवार , मंसिर १५, २०८२

काठमाडौं। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले धितो राखेर दिने कर्जाको सीमा बढाएको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाअनुसार अब लघुवित्त संस्थाले अधिकतम १५ लाख रुपैयाँसम्म धितो कर्जा प्रवाह गर्न सक्नेछन्।

यसअघि लघुवित्तलाई यस्तो कर्जा ७ लाख रुपैयाँसम्म मात्र सीमित गरिएको थियो।

राष्ट्र बैंकका अनुसार, लघुवित्तबाट ऋण लिएका ग्राहकले किस्ता तिर्न कठिनाइ भोगिरहेको अवस्थामा कर्जा भुक्तानी तालिका पुनर्गठन वा परिमार्जन गर्न सकिने व्यवस्था समेत मिलाइनेछ।

हाल बैंक तथा वित्तीय संस्थाहरूमा तरलता प्रशस्त भए पनि कर्जा प्रवाह सुस्त रहेको परिप्रेक्ष्यमा, लघुवित्तको कर्जा सीमा विस्तार गरिएको हो। यसबाट ग्रामीण तथा साना व्यवसाय लक्षित वित्तीय पहुँच बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट