विराटनगर । हालै १५ विभिन्न राजनीतिक दल तथा समूहहरूको एकताबाट गठन भएको नेपाली कम्युनिस्ट पार्टीले आयोजना गरेको कोशी प्रदेशस्तरीय ‘एकता सन्देश सभा’ विराटनगरमा सुरु भएको छ ।
कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुने भनिए पनि ढिलो गरि सुरु भएको छ । विराटनगरको पुरानो गुद्री मैदानमा सुरु भएको सभामा झापा, मोरङ, सुनसरी, उदयपुरसहितका जिल्लाका कार्यकर्ताहरुको सहभागीता रहेको छ ।
कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, तथा नेता भीम रावल, नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने तय गरिएको छ ।

कात्तिक १९ गते एकता घोषणा गरेपछि नेकपाले सुरु गरेको देशव्यापी दौडाहाको क्रममा आज कोशी प्रदेशमा सभा आयोजना गरिएको हो । यसअघि सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा सभा सम्पन्न गरिसकिएको र बाँकी प्रदेशहरूमा पनि मंसिर २३ गतेसम्म चरणबद्ध रूपमा सभा गर्ने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस