२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

केपी ओलीलगायतलाई घनश्याम भुसालको आग्रह 'निर्वाचन विथोल्न नलाग्नोस्'

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले एमालेसहित कसैले पनि निर्वाचनमा बाधा पुर्याउने काम गर्न नहुने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चुनावका लागि कसैले पनि यताउता, बाधा, अवरोध नगरुन् । एमालेले पनि नगरोस् । यो मुलुकले कमरेड ओलीका नीतिहरूले मुलुकले धेरै कुरा गुमाएको छ । असाध्यै धेरै अपूरणीय क्षति व्यहोरिसकेको छ कमरेड ओली । अब तपाईंले पनि चुनाव बिथोल्नेतर्फ नलाग्नुस् ।’

कांग्रेसलाई पनि चुनावको बारेमा दुविधा नपाल्न उनको आग्रह छ । पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको नेकपालाई आम जनताले विश्वास गर्ने आधार नभएको पनि भुसालको भनाइ छ ।

उनले थपे, ‘कांग्रेसले पनि दुविधा नराखोस् । माओवादीले जे बोल्दै छ, त्यसलाई विश्वास गर्न मानिसहरूले छोडिसकेका छन् । चुनावको कुरा गरेर यसलाई बिथोल्ने कुरा नगर्नु होला ।’

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट