२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

अब नेताहरू सुध्रनै पर्छ : नारायणकाजी श्रेष्ठ

सोमवार , मंसिर १५, २०८२

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जेन–जेड आन्दोलनलाई कमजोर ठान्नु वा अवमूल्यन गर्नु गलत हुने बताएका छन् । उनका अनुसार जेन–जेडको मूल एजेन्डा— नेतृत्व सुधार, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज—आजको राजनीति र सरकारका लागि अत्यन्त महत्वपूर्ण छन् र कम्युनिस्टहरूले उनीहरूको भावना आत्मसात गर्न आवश्यक छ ।

विराटनगरमा सोमबार आयोजित ‘एकता सन्देश सभा’मा बोल्दै श्रेष्ठले निश्चित उद्देश्य र दीर्घकालीन परिवर्तनका लागि कम्युनिस्टहरू एकजुट भएर नयाँ पार्टी निर्माण गरेको बताए । उद्देश्य स्पष्ट र परिणाममुखी नभए एकता टिकाउ नहुने उल्लेख गर्दै उनले चुनौतीहरू कडा भए पनि लक्ष्य पुरा गर्नैपर्ने आवश्यकतामा जोड दिए ।

श्रेष्ठका अनुसार अहिले भइरहेको पुनर्गठन र समायोजन कम्युनिस्ट शक्तिलाई एक केन्द्रमा ल्याउने ऐतिहासिक सुरुवात हो । पार्टी एकताको लक्ष्य केवल चुनाव जित्ने वा सत्ता प्राप्ति होइन, देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र मजबूती पनि हो ।

शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न सत्य निरूपण अनिवार्य रहेको उनले बताए । उनले राजनीतिक परिवर्तन ऐतिहासिक भए पनि सामाजिक–आर्थिक रूपान्तरण, विकासको गति वृद्धि, र जनजीविकामा सुधार ल्याउन थप प्रयत्न आवश्यक भएको धारणा राखे ।

“नेपाली जनताको जीवनस्तर उकास्ने, नयाँ आशा दिने वातावरण बनाउनु आजको मूल आवश्यकता हो,” उनले दोहोराए ।

सबै कम्युनिस्ट शक्तिहरू एउटै मंचमा प्रस्तुत हुनु सकारात्मक संकेत भएको श्रेष्ठले बताए । साथै, तोकिएको मितिमा चुनावमा जाने पक्षमा आफूहरू स्पष्ट रहेको उल्लेख गर्दै उनले समयमै सम्पन्न निर्वाचनले संविधानको रक्षा र राजनीतिक स्थायित्व दुवै सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट