२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

कृषि विकास एजेन्डा प्राथमिकतामा पर्नुपर्छ : झलनाथ खनाल

सोमवार , मंसिर १५, २०८२

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आगामी सरकारमा सहभागी हुने अवसर आए कृषि तथा किसानको संरक्षणलाई प्रमुख प्राथमिकताका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् ।

विराटनगरमा सोमबार आयोजित पार्टी एकता सभामा उनले राष्ट्रको मूल आधार कृषि भएकाले यसको आधुनिकीकरण र विस्तारले मात्र आर्थिक रूपान्तरण संभव हुने धारणा राखे ।

स्वर्गजस्तो देश ‘नर्कझैँ’ बन्दै गएको टिप्पणी गर्दै खनालले जेन–जेड आन्दोलनका कारण देश बहुपक्षीय संकटमा फसेको दाबी गरे । अपार सम्भावनाका बाबजुद नेपालले अपेक्षित प्रगति गर्न नसक्नु राजनीति, नेतृत्व र नीतिगत कमजोरीकै परिणाम भएको उनको भनाइ थियो ।

उनले युवालाई खाडी मुलुकमा वैदेशिक रोजगारीमा पठाउने वर्तमान प्रवृत्ति राष्ट्रका लागि दीर्घकालीन क्षतिको कारण बनेको बताएका छन् । खनालका अनुसार, “देशमै नयाँ ढंगले औद्योगीकरण गरिए रोजगारी बढ्छ, अर्थतन्त्र बलियो बन्छ, र विकासको गति बढ्छ ।”

कम्युनिस्ट एकताले केवल नेतृत्व परिवर्तन मात्र होइन, सिद्धान्त, उद्देश्य र दीर्घकालीन राजनीतिक दिशालाई केन्द्रमा राख्नुपर्छ भन्दै उनले पार्टी एकता चार ठोस आधारमा बनेको स्पष्ट गरे । अब देश ‘नेपाली विशेषताको समाजवाद’ निर्माणतर्फ अघि बढ्नुपर्ने समय आएको उनले जोड दिए ।

एमालेप्रति कटाक्ष गर्दै खनालले भने, “हामीले नै बनाएको पार्टीले समाजवादको मार्ग त्यागेर दक्षिणपन्थी बाटो लियो र सही दिशाबाट भट्कियो ।”

आगामी चुनाव अपरिहार्य भएकाले त्यसका लागि समयमै व्यवस्थित तयारी सुरु गर्नुपर्ने सुझाव दिँदै उनले एकता, समन्वय र दीर्घदृष्टियुक्त योजना नै सफलताका आधार हुने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट