विराटनगर । नेकपा एमाले मोरङका पूर्वसचिव रुपेश खतिवडा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । विराटनगरमा सोमबार आयोजित ‘एकता सन्देश सभा’मा उनले एमाले परित्याग गरी नयाँ पार्टीमा सक्रिय रूपमा लाग्ने घोषणा गरे ।
३२ वर्षसम्म एमालेमै सक्रिय रहँदै आएका खतिवडाले सामान्य पार्टी परिवर्तनका रूपमा नभई विचार–आस्था र सिद्धान्तकै आधारमा आफू नयाँ पार्टीमा समाहित भएको बताए । उनका अनुसार एमालेले कम्युनिष्ट विचारधाराबाट विमुख हुँदै निरंकुश र व्यक्तिवादी प्रवृत्ति अपनाएपछि आफूले पार्टी छाड्ने निर्णय गरेको हो ।
विराटनगरको पुरानो गुद्रीस्थित मैदानमा सम्पन्न सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल र झलनाथ खनालले खतिवडालाई औपचारिक रूपमा स्वागत गरे । सभामा झापाका राजकुमार लिम्बूले पनि नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस