२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

ठेक्का लागिसकेका आयोजनाहरुको बजेट कटौती नहुने

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ठेक्का लागिसकेका आयोजनाहरुको बजेट कटौती नहुने स्पष्ट पारेका छन् ।

सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सदस्यहरुले आयोजना कटौतिका बिषयमा असन्तुष्टि जनाएपछि अर्थमन्त्री खनालले ठेक्का लागिसकेका र काम प्रारम्भ भइसकेका आयोजनाहरुमा बजेट कटौती नहुने स्पष्ट पारेका हुन् ।

उनले ग्रामीण तथा प्राथमिक क्षेत्रमा जाने कर्जा प्रभावित भएका कारण तरलता बढेको भन्दै यस्ता समस्या समाधान गर्ने बताए । विपन्न वर्ग र प्राथमिक क्षेत्रमा प्रभावकारी रूपमा जाने कर्जा अव नरोकिने भन्दै तरलता केहि कम हुने उनको भनाइ छ ।

उनले सरकारको सीमित स्रोतका कारण स्थानीय र प्रदेश सरकारले खर्च गर्न नसकेको रकमलाई संघीय सरकारले उपयोग गरेकाले केहि सहज भएको जिकिर गरे ।

मन्त्री खनालले सरकारी कोषको दुरुपयोग रोक्न पदाधिकारीको सेवा सुविधा कटौति गरिएको भन्दै यसका कारण पर्ने असरका बारेमा छलफल गर्न सरकार तयार रहेको जिकिर गरे ।

बैठकमा समिति सदस्यहरुले आयोजना कटौति, सांसद सेवा सुविधा कटौति लगाएतका बिषयमा चासो व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट