२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

महाधिवेशनले केपी ओलीलाई नै अध्यक्ष चयन गर्छ : विष्णु रिमाल

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको महाधिवेशनले केपी ओलीलाई नै अध्यक्ष चयन गर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अध्यक्ष पदमा करिव सहमति भइसकेको भन्दै यसमा कुनै विवाद नरहेका दावी गरेका हुन् ।

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर एमाले अघि बढेकाले स्थिर नीति र राष्ट्रवादी अडानका साथ मुलुकलाई नै नेतृत्व गर्न सक्ने क्षमता वर्तमान अध्यक्ष केपी ओलीमा मात्रै रहेको उनले जिकिर गरे ।

रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने समेत बताए । लामो इतिहास र सङ्घर्ष हुँदै अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धा भएमा अस्वाभाविक मान्न नपर्ने उनले बताए ।

एमालेको महाधिवेशनमा आयोजक र निर्वाचित गरी करिब दुई हजार ४०० प्रतिनिधि रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट