२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

निर्वाचन गराउन सरकार सम्पूर्ण रुपमा जुटेको छ, घोषित मितिमा प्रतिनिधिसभा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा प्रतिनिधिसभा निर्वाचन गराउन सरकार सम्पूर्ण रुपमा जुटेको बताएकी छन् ।

२२औं राष्ट्रिय ज्यापू दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषले बिहीबार काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको बताएकी हुन् ।

उनले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गर्ने दायित्व वर्तमान सरकारको रहेको धारणा राखिन् ।

उनले मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र आमजनतालाई रोजगारी, गाँस–वास–कपासको सुनिश्चितताको माग गरेको भन्दै ती चाहना पूरा गर्न सबैले कटिबद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न आवश्यक रहेको जिकिर गरिन् ।

त्यस्तै प्रधानमन्त्री कार्कीले सरकारबाट प्राप्त सानो रकमको आर्थिक सहयोगबाट सुरु भएको ज्यापु संस्कृति विकास कोषले दुई दशकभित्र हासिल गरेको उपलव्धी धेरै ठूलो भएको बताइन् । संस्कृतिलाई पर्यटनसित जोडेर विश्व बजारमा प्रवर्धन गर्न खोजिरहेको सन्दर्भमा मौलिक निधिहरुको जगेर्ना गर्न विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा मौलिक संस्कृति जगेर्ना गर्न भूमिका खेल्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने मौलिक सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट