काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
गुरुङले बिहीबार नख्खु कारागार पुगेर लामिछानेसँग भेटवार्ता गरेका हुन् ।
उक्त भेटका क्रममा गुरुङले सबै वैकल्पिक शक्तिहरु मिल्नुपर्ने प्रस्ताव राखेको बताएका छन् । आफुले राखेको सो प्रस्तावमा लामिछाने पनि सकारात्मक देखिएको गुरुङले बताए ।
देश बनाउने अभियानमा सबै एक भएर लाग्न रविले अनुरोध गरे ।
त्यस्तै, भेटमा सभापति लामिछानेले आफूमाथि अघिल्लो सरकारले प्रतिशोध राखेर अन्याय गरेको बताए । आफूमाथि अन्याय भएकाले छिटो न्याय पाउनुपर्ने लामिछानेले बताए ।
आफूमाथि लगाइएको आरोप दुई सय वर्षसम्म पनि लडेर नभ्याउने लामिछानेको भनाइ थियो । यसको छिटो निरुपणका लागि पहल गर्न पनि रविले गुरुङलाई भने । गुरुङले पनि आफूहरूले यसका लागि पहल गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस