२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पार्टी नेतृत्वको रक्षा गर्दै प्रतिक्रान्तिको षड्यन्त्र चिर्नुपर्छ : उपाध्यक्ष बादल

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टी नेतृत्वको रक्षा गर्दै प्रतिक्रान्तिको षड्यन्त्र चिर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारीले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा बादलले बिभिन्न शक्तिहरुले मुलुक र पार्टीको नेतृत्वलाई सिद्धाउने षडयन्त्र गरिहरको भन्दै यस अवस्थामा नेतृत्वको रक्षा गर्दै प्रतिक्रान्तिको षड्यन्त्र चिर्नुपर्ने बताएका हुन् ।

महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर जानुपर्ने उल्लेख गर्दै उनले विद्यमान पार्टीको विधानलाई संशोधन गरेर भएपनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्ने धारणा राखे ।

त्यसैगरी । उनले सिंगो कम्युनिष्ट आन्दोलनाई समेत एकताबद्ध गर्नुपर्ने अवस्थामा फेरिपनि अध्यक्ष केपी ओलीले पार्टीको नेतृत्व गर्नुपर्नेमा जोड दिए ।

प्रतिष्पर्धाको नाममा हुने गतिविधिले पार्टीलाई नै कमजोर बनाउने उनले बताए । उनले मुलुकलाई संवैधानिक बाटोमा फर्काउनु अपरिहार्य भएकोले प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट