२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गर्न प्रधानमन्त्रीसँग हाम्रो पार्टी नेपालको आग्रह

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । हाम्रो पार्टी नेपालले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले भेट गर्दै दलित समुदायको उचित प्रतिनिधि हुने गरी निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन आग्रह गरेको हो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले दलित समुदायको उचित प्रतिनिधि हुन नसकेको अध्यक्ष सुनारले बताएका थिए ।

प्रधानमन्त्री कार्कीले सामाजिक न्याय र भेदभावयुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताए । समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि प्रधानमन्त्री कार्कीले आग्रह गरे ।

त्यस्तै उनले सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्वका लागि आफुले प्रयास गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट