२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

एमाले चुनावबाट वहुमतसहित फर्किनेछ : केपी ओली

शनिवार , मंसिर २०, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावबाट वहुमतसहित फर्किने दावी गरेका छन् ।

पार्टीको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फागुनमा चुनाव हुने अवस्था नरहे पनि अब हुने चुनावको तयारीमा एमाले रहेको बताएका हुन् ।

कतिपयले पूराना पार्टीलाई आउन नदिने भनेर भनेको बताउँदै एमालेलाई कसैले परास्त गर्न नसक्ने पनि उनले बताए ।

अध्यक्ष ओलीले एमाले यसअघि पनि जनमतबाटै सत्तामा फर्किएको भन्दै फेरि पनि फर्किने दावी गरे । सरकार फेर्ने वा समिकरण बनाउने खेलमा एमाले नरहेको पनि उनले स्पष्ट पारे ।

बर्तमान सरकार अहिले आफूलाई दिएको जिम्मेवारीभन्दा बाहिर गइरहेको ओलीले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट