२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

एमाले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको पर्खाइमा छ : केपी ओली

शनिवार , मंसिर २०, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका छन् ।

शनिबार एमाले मुख्यालय च्यासलमा एमालेको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रममा ओलीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने अवस्था नरहे पनि अब कुनै दिन हुने शान्तिपूर्ण निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका हुन् ।

अब हुने निर्वाचनमा एमाले बहुमतका साथ फर्किने उनले बताए । ओलीले अब पुराना पार्टी सकिए भन्न नसोच्न सुझाव दिदै निर्वाचनपछि पनि पुराना पार्टीकै नेतृत्वमा सरकार बन्ने तर्क गरे । ओलीले यसबीचमा एमाले समिकरण बदल्ने वा सरकार ढाल्ने खेलमा नरहेको स्पष्ट पारे । उनले एमालेबिरुद्ध जस्तोसुकै हमला भएपनि त्यस्ता शक्तिलाई एमाले एक्लैले परास्त गर्ने जिकिर गरे ।

अध्यक्ष ओलीले भदौ २३ र २४ को घटना पछि देश प्रतिगमत तर्फ अघि बढेको भन्दै प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताए । अहिले विधि प्रक्रिया बिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको ओलीले बताए ।

उनले असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधि सभा पुनस्र्थापित गर्नुपर्ने दोहोर्याए । उनले सरकारले छानबिन गर्न भनि बनाएको आयोग अराएको काम गर्न बताएको तयारी संयन्त्र भएको बताए । प्रधानमन्त्रीको ध्यान आफुलाई पक्राउ गर्नेमा केन्द्रीत भएको उल्लेख गर्दै ओलीले आफ्ना विरुद्ध प्रमाण तयार गर्न चुनौती दिए ।

नेकपा एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास, संविधानको पक्षमा लगातार गतिशील पार्टी भएको उनले दाबी गरे । उनले देश अहिले विभाजित अवस्थामा रहेको बताउँदै यतिबेला अत्यन्त सघन ढङ्गले एमालेका क्रियाकलाप सम्प्रेषित गर्नुपर्ने धारणा राखे । उनले विश्व मञ्चमा नेपालको भूमिकालाई देखिने गरी स्थापित गर्ने काम एमालेबाट भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट