२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मधेश प्रदेशमा बनेको नयाँ सत्तासमिकरण अन्य प्रदेशमा पनि देखिनेछ : संयोजक प्रचण्ड

शनिवार , मंसिर २०, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्तासमिकरण अन्य प्रदेशमा पनि देखिने दावी गरेका छन् ।

शनिबार जनकपुरमा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा कथाकथित समिकरण तोडिएर नयाँ समिकरण बनेको भन्दै मधेशबाट सुरु भएको नयाँ समिकरण अव सवै प्रदेशमा पनि अघि बढ्ने दावी गरे ।

उनले मुलुकमा गणतन्त्र स्थापीत भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको र त्यसले सवैलाई आत्मसमिक्षा गर्दै सुध्रने अवसर दिएको बताए । जनेजी आन्दोलनपछि समिक्षा गर्दै नयाँ ढंगले रुपान्तरणका साथ मुलुकको बिकासमा लाग्न बृहत एकता गरिएको उनको भनाइ छ ।

प्रचण्डले सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियाबादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउन सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने धारणा राखे । एमालेभित्र रहेका बामपन्थी र क्रान्तिकारीका साथै अन्य कम्युनिष्ट पार्टीहरुलाई पनि नेकपामा एकताबद्ध गर्दै लैजाने उनले बताए । त्यस्तै उनले मधेश प्रदेशका महत्वपूर्ण बिकास आयोजनाहरु कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले सुरु गरेकाले त्यसलाई निष्कर्षमा पुराउने काम पनि कम्युनिष्ट सरकारले नै गर्ने जिकिर गरे ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले नेकपामा युवाहरुको आकर्षण बढेको र हजारौंको संख्यामा युवाहरु आफ्नो पार्टी प्रवेश गरेको बताए । उनले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै जेनजी आन्दोलनको जायज मागलाई अघि बढाउन पार्टीले मुख्य भूमिका खेल्ने जिकिर गरे ।

त्यस्तै अन्य नेकपा नेताहरुले पार्टीलाई बलियो शक्तिको रुपमा स्थापीत गर्दै मुलुकमा देखिएका बेथिति अन्त्य गर्ने धारणा राखेका थिए । नेकपाले पार्टी एकताको सन्देश दिन बिभिन्न प्रदेशमा सन्देशसभा गर्दै आएको छ । अब कर्णाली र काठमाडौंमा एकता सन्देशसभाको आयोजना गरिने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट