२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

रास्वपा पर्सामा जिल्लास्तरिय र्‍यापिड एक्सन टिम गठन

शनिवार , मंसिर २०, २०८२

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले जिल्लास्तरिय र्‍यापिड एक्सन टिम (आरएटी) गठन गरेको छ । शनिबार वीरगंजस्थित कन्ट्री इन होटलको सभाहलमा भएकाे रास्वपाकाे एक भेलामा पर्सा जिल्ला आरएटी समिति घोषणा गरिएकाे हाे ।

कृष्णा नन्द ओझा नेतृत्वको २२ सदस्यीय उक्त समितिमा उपप्रमुखमा शिवराज पटेल, सचिवमा रोहन कुमार साह तेली, सह–सचिवमा सुनिल पटेल र विक्की कुमार ओझा रहेका छन् ।

त्यस्तै सदस्यहरूमा प्रीयान्सु कुमार साह, मुन्ना ठाकुर, श्रवण पटेल, योग कुमार राय, अर्जुन सरार्फ, सन्तोष पटेल, अरविन्द कुमार गुप्ता, अब्बास आलम, राहुल चौबे, सनोज कुमार गुप्ता, सुनिल राउत, कुन्दन पासवान, दिनेश हजरा, दिलीप पासवान र सुदन हजरा समावेश छन् ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै रास्वपा पर्सा अध्यक्ष हरी पन्तले रेट पार्टीको अत्यन्त महत्वपूर्ण संरचना भएको उल्लेख गर्दै अनुशासित भई आम जनताको सुख–दुःखमा साथ दिन आग्रह गरे । उनले आसन्न निर्वाचनमा आरएटीले रचनात्मक तथा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

जिल्ला सह–सचिव कृष्ण पासवानको सहजीकरणमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापति जीतेन्द्र मिश्र, फैयाद मिया, राम आर्या, मनोज कुमार कुर्मी, पूर्ण सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

रास्वपाले दैवी प्रकोप, निर्वाचन लगायत विशेष परिस्थितिमा आरएटी कमिटीलाई सक्रिय रुपमा परिचालन गर्ने नीति अवलम्बन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट