२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव आज शपथ ग्रहण गर्दै

आइतवार , मंसिर २१, २०८२

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लागेका छन्। शपथ कार्यक्रमको तयारी पूरा भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते सात दलका ७७ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। शपथपछि उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बताइएको छ।

यसअघि संविधानको धारा १६८९३० बमोजिम एमाले संसदीय दलका नेता सरोजकुमार यादव मंसिर १७ गते मुख्यमन्त्री बनेका थिए। सातदलीय गठबन्धनको रिटपछि सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। तर विश्वासको मत लिन सक्ने अवस्था नदेखिएपछि यादवले राजीनामा दिएका थिए।

उनको राजीनामापछि कांग्रेसका यादवले जसपा नेपाल, जनमत, माओवादी केन्द्र (तत्कालीन), लोसपा, एकीकृत समाजवादी (तत्कालीन) सहित सातदलीय गठबन्धनको समर्थनमा सरकार गठनको दाबी प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट