मोरङ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा मोरङ–३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत रूपमा सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गरेपछि उनी देशभरका कांग्रेस उम्मेदवारमध्ये पहिलो बनेका हुन्।
कांग्रेस केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रमा एक महिलासहित तीन जना सम्म सिफारिस गर्न सक्ने सर्कुलर पठाए पनि मोरङ–३ मा अन्य नेताले उम्मेदवारी दाबी गरेनन्। सर्वसम्मत सिफारिसपछि शर्माले आफू इमानदारितापूर्वक नेपाली जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले अन्य क्षेत्रका कांग्रेस नेता र कार्यकर्ताले पनि मेलमिलापका साथ उम्मेदवार निर्विरोध गर्ने गरी पार्टीमा नयाँ ऊर्जा भर्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस