२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सरकारलाई महेश बस्नेतको चेतावनी : ओली र लेखकलाई पक्राउ गरे परिस्थिति कसैको नियन्त्रणमा रहने छैन

सोमवार , मंसिर २२, २०८२

काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरे परिस्थिति कसैको नियन्त्रणमा नरहने चेतावनी दिएका छन् । सोमबार सामाजिक सञ्जालमा लेल्दै उनले यस्तो बताएका हुन् ।

उनले जेनजी अभियानता सुदन गुरुङले केपी ओली र रमेश लेखकलाई पक्राउ नगरे देशव्यापी प्रदर्शनका साथ प्रतिकार गर्ने चेतावनी दिएको भन्दै यदि यस्तो अस्थिर चरणतिर देश धकलियो भने परिस्थिति कसैको नियन्त्रणमा नरहने बताएका हुन् ।

उनले भनेका छन्, ‘सुदन गुरुङले केपी ओली र रमेश लेखकलाई पक्राउ नगरे देशव्यापी प्रदर्शनका साथ प्रतिकार गर्ने चेतावनी दिएछन्, भन्ने पनि सुने । यदि यस्तो अस्थिर चरणतिर देश धकलियो भने परिस्थिति कसैको नियन्त्रणमा रहने छैन। हामी मरेँ त देशको झण्डा ओढेर मर्नेछौँ।’

उनले सरकारले अनाहकमा दल र नेताहरुमाथि धरपकड गर्ने दुस्साहस गर्न खोजेको संकेत हालै प्रधानमन्त्रीको भेटघाट र गतिविधिबाट प्रस्ट देखिन थालेको बताएका छन् । उनले भनेका छन्, ‘देश कुनै अ्मुर्त शक्तिको डिजाइन र अभिमानले होइन, जनताका भावनाले चल्छ । यो कुरा सत्ता धान्न बस्नेहरूले नबिर्सदाँ राम्रो ।’

यस्तो छ उनको स्टाटस् :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट