२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पार्टीमा एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने गरी कानूनी व्यवस्था नै गर्नुपर्छ : उपाध्यक्ष पाण्डे

सोमवार , मंसिर २२, २०८२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीलाई केहि व्यक्तिको निर्णयबाट चल्ने स्थीतिमा पुराउदा जनताको बीचमा साँघुरिने अवस्था देखापरेको बताएका छन् ।

पार्टीको आसन्न महाधिवशेनका सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित अन्तरक्रियामा पाण्डेले लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी, केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएकाका कारण एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखापरेको बताएका हुन् ।

उनले पार्टीको वर्तमान परिस्थीतिलाई बदल्न सक्नुपर्नेमा जोड दिए । उनले पार्टीमा एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने गरी कानूनी व्यवस्था नै गर्नुपर्ने धारणा राखे ।

महाधिवेशनका क्रममा पार्टीभित्रको कमीकमजोरीमाथि समिक्षा गर्दै नेतृत्व फेर्न लोकतान्त्रिक विधिलाई प्रयोग गर्ने उनले बताए ।

पाण्डेले एमालेको ईश्वर पोखरेल समूहभित्र कुनै वादविवाद नरहेकाले सहज ढंगले उपयुक्त समयमा पोखरेल समूहको पदाधिकारीको टुङ्गो लगाउने दावी गरे ।

त्यस्तै एमालेका अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीलाई सामुहिकतामा अघि बढाउन ईश्वर पोखरेलको नेतृत्वमा अघि बढेको भन्दै पार्टीभित्रको अवस्थामा बारेमा बस्तुगत जानकारी रहेको बताए । उनले पार्टीको नेतृत्वका लागि अघि बढ्दा देखापर्ने सवै चूनौति सामना गर्न तयार रहेको उल्लेख गरे ।

पार्टी अध्यक्ष केपी ओलीलाई बद्नाम गर्ने कोशिस भए प्रतिवाद गर्ने भन्दै उनले महाधिवेशनमा नेतृत्व चयन गर्ने आफुहरुको लोकतान्त्रीक अधिकार भएको जिकिर गरे ।

ज्ञवालीले महाविधेशनमा आफ्नो पक्षको जित सुनिश्चित भएको दावी गरे । उनले आफुहरु एमाले छाडेर कतै नजाने भन्दै अरु दलका नेताहरुलाई समेत एमालेमा आउन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट