२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

नेतृत्व परिवर्तन नगरेसम्म देशलाई अघि बढाउन सकिदैन : हर्क साम्पाङ

सोमवार , मंसिर २२, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले नेतृत्व परिवर्तन नगरेसम्म देशलाई अघि बढाउन नसकिने बताएका छन् ।

सोमबार काठमाडौंको सिफलमा पार्टीले आयोजना गरेको कार्यक्रममा साम्पाङले स्पष्ट भिजन नभएका नेताहरुले पटक पटक देशको नेतृत्व गरेका कारण मुलुक अघि बढ्न नसकेको भन्दै देशलाई अघि बढाउन स्पष्ट भिजनसहितको नेतृत्व आवश्यक पर्ने बताए ।

देशलाई कस्तो नेतृत्व दिनुपर्छ भन्ने बिषयमा गहन बहस गर्नुपर्ने अवस्था देखिएको उनले बताए । साम्पाङले देश बनाउनु भन्दा आफ्नै घर बनाउन केन्द्रीत भएका नेताहरुले स्वार्थका कारण असमान सन्धी सम्झौता गरेको आरोप समेत लगाए ।

उनले श्रम संस्कृति पार्टीले देशका युवाहरुलाई देशमा नै परिचालन गरेर बिकास गर्ने नीति लिएको धारणा राखे । साम्पाङले श्रम संस्कृति पार्टीले बहुमत प्राप्त गरेर देश चलाउन पाएको अवस्थामा पाँच बर्षभित्र कायापलट गर्न नसके नागरिकता त्यागेर शरणार्थी हुने घोषणा गरे ।

उनले भ्रष्टाचार गर्ने नियतका साथ कोहि पार्टीमा आएको भए तत्काल छाड्न चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट