२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

ईश्वर पोखरेलले बुझाए पार्टीको आगामी महाधिवेशनमा छलफलका लागि छुट्टै अवधारणा पत्र

सोमवार , मंसिर २२, २०८२

काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आगामी महाधिवेशनमा छलफलका लागि छुट्टै अवधारणा पत्र पार्टी कार्यालयमा बुझाएका छन् ।

सोमबार च्यासलस्थीत पार्टी कार्यालय पुगेर पोखरेलले ४० पृष्ठ लामो अवधारणा पत्र पार्टी महासचिव शंकर पोखरेललाई बुझाएका हुन् ।

पोखरेलको अवधारणापत्रमा फरक मत राखेकै कारण कसैले पार्टीमा अपमानित या उपेक्षित भएको अनुभूति गर्ने अवस्था सिर्जना हुन नदिने, उपयुक्त विधिद्वारा निर्णय भइसकेपछि निर्णय कार्यान्वयनको प्रत्याभूतिको सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।

नेतृत्वको अस्वस्थ प्रतिस्पर्धालाई रोक्न, सहज ढङ्गले नेतृत्व हस्तान्तरणको व्यवस्था मिलाउन र वैकल्पिक नेतृत्व स्थापित गर्न पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालको समयसीमा तोकिनुपर्नेमा उनले जोड दिएका छन् भने सीमित नेताहरु बसेर निर्णय गर्ने र त्यही निर्णयलाई औपचारिकता दिनका लागि कमिटीका बैठकबाट पारित गराउने गैरलोकतान्त्रिक अभ्यासले निर्णयको प्रभावकारी कार्यान्वयन र जिम्मेवारी बहन नहुने समस्या पार्टीमा देखिएको समेत अवधारणापत्रमा उल्लेख छ ।

त्यस्तै उनले पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी सदस्य हुनबाट बञ्चित गरिंदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्ने भएकाले पार्टी काममा फर्कने बातावरण निर्माण गरिनुपर्नेमा जोड दिएका छन् ।

पार्टी कार्यालयमा अवधारणा पत्र बुझाएपछि बरिष्ठ उपाध्यक्ष पोखरेलले आफुले राखेका बिषय पार्टीको महाधिवेशनमा छलफल हुने दस्तावेजमा समिटिने विश्वास व्यक्त गरे । विधिसम्मत रुपमा पार्टीको नेतृत्व चयन हुने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

उनले महाधिवेशन प्रतिनिधि छनोटमा अस्वस्थ प्रतिष्पर्धा हुदा केहि स्थामा समस्या देखिएपछि अध्यक्षसँगको छलफलपछि समाधान भइसकेको बताए ।

त्यसैगरी पोखरेलले आन्तरिक प्रतिस्पर्धालाई निषेध र प्रतिशोधबाट मुक्त गरिनुपर्ने, पार्टीका आन्तरिक कार्यविभाजन र संसदीय तथा राजकीय जिम्मेवारीमा न्यायोचित र पारदर्शी मापदण्ड लागू गरिनुपर्ने, संगठनमा स्वायत्तताको नीतिअनुरुप जनसंगठनलाई परिचालित गरिनुपर्ने लगाएतका बिषय अवधारणापत्रमा उल्लेख गरेका छन् ।

पार्टीलाई लोकतान्त्रिक बिधिद्वारा निर्देशित सामूहिक नेतृत्व, वैज्ञानिक विधि र पद्धतिबाट सञ्चालित भएको संगठित शक्तिको रुपमा विकास गर्नका लागि एकताबद्ध हुन समेत उनले आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट