२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

नारायणी सिग्नेचर ब्रिजको निर्माण निरीक्षण, समयमै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

शनिवार , मंसिर २७, २०८२

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार नारायणी नदीमा निर्माण भइरहेको ४२० मिटर लामो सिग्नेचर ब्रिजको निरीक्षण गरेका छन्।

मन्त्री घिसिङले कार्यतालिकामा तय गरिएका माइलस्टोन पूरा गरी ठेक्का सम्झौता अनुसार समयमै निर्माण सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिए। १ अर्ब ६९ करोड लागतको पुलमा निर्माण सुरु हुनु अघि पूर्वकार्यहरू भइरहेको छ।

निर्माण टोलीले मनसुन सुरु हुन अघि पाइल फाउन्डेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। पुलको विशेषता भनेको दुई ठूला कंक्रीट पाइलोन टावरमा स्टे केबलबाट पुल सडकलाई समर्थन गर्ने प्रणाली हुनु हो। पुल २०८४ जेठभित्र सम्पन्न हुने कार्यतालिका छ। मन्त्रीले नारायणी तटबन्दको अवस्था पनि निरीक्षण गरे।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट