२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

विरोधकाबीच एमालेमा ब्युँत्याइयो पुरानै विधान, स्थायी कमिटी यथावत्, पदाधिकारी १९

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । नेकपा एमालेले विरोधकाबीच पुरानै विधान ब्युँत्याएको छ।

आज भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत उनी पक्षका नेताहरूको विरोधबीच पुरानै विधान कायम गरेर ११ औं महाधिवेशनमा जाने निर्णय गरेको हो।

नेकपा एमालेको केन्द्रीय कमिटी पहिले ३०१ सदस्यीय नै थियो । तर गत भदौमा भएको विधान महाधिवेशनबाट २५१ सदस्यीय बनाइएको थियो । विधान महाधिवेशनबाट टुंगो लगाइसकेको विषयलाई अहिले फेरि संशोधन गर्न खोजिएको भन्दै कतिपयले विरोध जनाएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी बढाउनुपर्ने दबाब रहेको भन्दै केन्द्रीय कमिटीको आकार बनाउने प्रस्ताव राखेका थिए । नेता शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटीले एक जना अध्यक्ष, ५ जना उपाध्यक्ष, १ महासचिव, उपमहासचिव ३, सचिव ९ जना रहने व्यवस्था गर्ने निर्णय गरेको छ।

यसैगरी ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटव्युरो बनाइएको छ । यसरी जम्मा केन्द्रीय कमिटी ३०१ सदस्यीय बनेको छ ।

बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट