काठमाडौं । नेकपा एमालेको बन्दसत्र ३ बजेका लागि सरेको छ।
प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बन्दसत्र ३ बजेका लागि सरेको जानकारी दिएका हुन् ।
यसअघि बिहानै सुरु गर्ने भनिएको बन्दसत्र सारेर ३ बजे पुर्याइएको हो । तर, उक्त बैठक अघि केन्द्रीय कमिटीको बैठक बसेको थियो।
बैठकले विधान महाधिवेशनको निर्णय उल्ट्याउँदै पदाधिकारीसहित केन्द्रीय समितिको सङ्ख्या ३०१ सदस्यीय हुने टुङ्गो लगाएको हो ।
प्रतिक्रिया दिनुहोस