२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्छ : नारायण दाहाल

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

संघीय संसद सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगत २४ वर्षदेखि निरन्तर संसदको प्रभावकारीतामाथि प्रश्न उठ्ने गरेको भन्दै आगामी दिनमा संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

बिगतका गतिविधिहरुलाई समिक्षा गर्दै संसदलाई आगामी दिनमा जनताले विश्वास गर्ने थलोका रुपमा प्रभावकारी रुपमा अघि बढाउनुपर्ने उनले बताए । उनले देशमा व्यापक भ्रष्टाचार छ भन्ने भाष्य बन्दै गएको भन्दै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका लगायत निजामती कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दललगायत सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको धारणा राखे ।

समयमै भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित चूनाव गराउने दायित्व सरकारको रहेकाले सरकारलाई सहयोग गर्नु सबैको दायित्व भएको उनको भनाइ छ ।

अध्यक्ष दाहालले प्रचलित केही ऐनहरू संशोधन वा एकीकृत नभएका कारण कर्मचारीहरूको वृति विकासका साथै थप उन्नत सिप, ज्ञान निपूणताको लागि पनि कमजोरी देखिएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे । कार्यक्रममा संघीय संसदका केहि कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट