२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

आइतवार , मंसिर २८, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामूहिक नेतृत्व प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् ।

भृकुटीमण्डपमा आजदेखि सुरु भएको पार्टीको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा सामूहिक नेतृत्व प्रणाली सुदृढ गर्न आवश्यक रहेको र विधि तथा पद्धतिबाट पार्टी अगाडि बढ्नुपर्ने बताए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको पार्टी जीवनको लोकतान्त्रिक अवधारणा व्यवहाररत कार्यन्वयन हुनुपर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले अनुभव र कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले पार्टीले सरकारको नेतृत्व गरिरहँदा जेनजी आन्दोलन हुँदा कमी कमजोरीको समीक्षा गर्नुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रस्तुत गरेको अवधारणा पत्र प्रतिनिधिहरुलाई बन्द सत्रमा विवरण गरिएको थियो ।

वामपन्थी विचार बोक्नेसँग एकताको पक्षमा रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए । पार्टी जीवनमा लोकतन्त्र कमजोर हुने हो भने पार्टी कमजोर हुने उनको भनाइ थियो । यही मङ्सिर २७ गतेदेखि सुरु भएको एमालेको ११औँ महाविधेशनअन्तर्गत आजदेखि भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट