२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन राष्ट्रपतिको अपील

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन अपील गरेका छन् ।

३१ औँ महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेका विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरूप दिन आगामी निर्वाचनलाई सफल पारेर सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन अपील गरेका हुन् ।

मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि भएको उनले बताए । राष्ट्रपति पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान पनि गरे ।

त्यसका लागि नवीन सोच, शैली र योजना एवम् त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेको उनको भनाइ छ । उनले राजनीति पेसा, व्यवसाय नभइ समाजसेवाको उत्कृष्ट माध्यम हो भन्ने भावसबैमा जागृत हुन जरुरी रहेकोमा जोड दिए । काठमाडौँ महानगरपालिकाले सम्पादन गरेका काम, प्रवाह गरेको सेवा र विस्तार गरेको सम्बन्धबाट स्थानीय सरकारका रूपमा आफ्नो जिम्मेवारी बोधलाई उजागर गरेको बताए ।

उनले राजधानी सहरको समृद्धिका लागि महानगरपालिकाले बनाएको नीतिगत व्यवस्था, कार्यक्रम, योजना कार्यान्वयनमा सङघ र प्रदेश सरकारलगायत सबै निकायको साथ र सहयोग जरुरी रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट