२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमाले केन्द्रीय कमिटीमा सबैभन्दा कान्छी उम्मेदवारमा अस्मिताकाे डेब्यु, ओली प्यानलबाट उम्मेदवारी

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । २०७९ को स्थानीय तह निर्वाचनमा सबैभन्दा कम उमेरको जनप्रतिनिधि बनेर चर्चामा आएकी ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा एमाले केन्द्रीय कमिटीमा पनि सबैभन्दा कान्छी उम्मेदवारका रुपमा डेब्यु गरेकी छन् ।

थापा नेकपा एमालेको ११ औं महाधिवेशनमा जेनजी पुस्ताबाट सम्भवतः एकमात्र उम्मेदवार बनेकी छन् । थापाले केपी ओली प्यानलबाट उम्मेदवारी दर्ता गराएकी छन् ।

२९ वर्षीया थापा खुला केन्द्रीय सदस्यको महिला क्लस्टरमा उम्मेदवारी दर्ता गराएकी छन् ।

उनको प्रस्तावकमा कोशी प्रदेशकी मन्त्री सिर्जना राई र समर्थकमा अनेरास्ववियुका उपाध्यक्ष विकास श्रेष्ठ बसेका छन् । कोशी प्रदेशका नेताहरुले उनलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरेका थिए ।

हाल ओखलढुंगा जिल्ला कमिटी उपसचिव रहेकी थापा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य रहेकै बेला २०७९ को स्थानीय तह निर्वाचनमा लिखु गाउँपालिका उपाध्यक्ष बनेकी थिइन् ।

उनले पार्टीमा आफूहरुजस्ता नयाँ पुस्ता,आन्दोलनबाट स्थापित युवा नेताहरुसहितको दोस्रो पुस्ता र पार्टी स्थापनादेखि देशमा लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेको पहिलो पुस्तासहितको समिश्रणमा नयाँ रुपान्तरण आवश्यक भएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट