२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

वर्तमान अवस्थामा एमालेलाई र मुलुकलाई अघि बढाउन केपी ओलीको नेतृत्व अपरिहार्य छ : महेश बस्नेत

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकको वर्तमान अवस्थामा पार्टी र मुलुकलाई अघि बढाउन केपी ओलीको नेतृत्व अपरिहार्य भएको बताएका छन् ।

सोमबार भृकुटिमण्डपस्थीत महाधिवशेन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीको टीमबाट सचिवका उम्मेदवार बस्नेतले कम्युनिष्ट आन्दोलन हाक्न सक्ने, पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सक्ने नेताहरुको टीम ओलीले बनाएको समेत बताए ।

बस्नेतले ईश्वर पोखरेलले बरिष्ठ उपाध्यक्षमा दोहाेरिएर सहमति गरेको भए उत्तम हुने भएपनि त्यसो हुन नसकेकाले पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्ने र गुटबन्दी बढ्ने सम्भावना बढेको धारणा राखे ।

केपी ओलीको टीमबाट उपाध्यक्षमा विष्णु पौडेल, रामहादुर थापा, गुरु बराल लगाएत छन् भने महासचिवमा शंकर पोखरेललाई नै दोहराइएको छ ।

त्यस्तै, उपमहासचिवमा रघुबीर महासेठ, भानुभक्त ढकाल, लेखराज भट्ट लगाएत छन् भने सचिवमा पद्मा अर्याल, छबिलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत लगाएत उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट