धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकको बनेपामा साेमबार आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलामा उनले विकल्पिक शक्ति बन्ने भनेर आएका सबै मिलेर अगाडि बढ्नुपर्ने र त्यसको अगुवाई उज्यालो नेपाल पार्टीले गर्नुपर्ने बताए ।
मन्त्री घिसिङले पार्टीमा सबैलाई जोड्दै अगाडि बढ्नसमेत नेतृत्वलाई आग्रह गर्दै काम गर्दा चुनौती आउने र त्यसलाई सामना गरेर अगाडि बढ्न सकेमा नै परिवर्तन सम्भव हुने धारणा राखे ।
“जेनजी पुस्ताको आन्दोलनपछि जुन हिसाबले यो सरकार परिवर्तन भएको छ, यसले गर्ने निर्वाचन पछिको सरकार कस्तो हुने भन्ने कुरा झन् महत्त्वपूर्ण छ”, उनले भने, “त्यो सरकारको नेतृत्व वैकल्पिक शक्ति भन्नेहरु सबै मिलेर गर्नुपर्छ । उज्यालो नेपाल पार्टीले त्यसको अगुवाइ गर्छ ।”
प्रतिक्रिया दिनुहोस