२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रविलाई भेटेपछि प्रदिपले भने : ‘जनताले विश्वास गरेको, प्रवल सम्भावना भएको एउटा मात्रै शक्ति रास्वपा हो’

मंगलवार , पौष १, २०८२

काठमाडौं । अभिनेता प्रदीप खड्काले नख्खु कारगारमा पुगेर आज (मंगलबार) रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

भेटपछि सञ्चारकर्मीसँग बोल्दै उनले रविसँग आफ्नो पुरानो सम्बन्ध रहेको बताए । नयाँ शक्ति र जनताले विश्वास गरेको, प्रवल सम्भावना भएको एउटा मात्रै शक्ति रास्वपा भएको समेत उनले बताए । अहिलेको वैकल्पिक शक्ति रास्वपालगायत अन्य सबै शक्ति मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

रविमाथि पुरानो सरकारले कुदृष्टि राखेको उनले बताए । तर नयाँ सरकार आएपछि पनि न्यायको प्रक्रिया अघि नबढ्दा आफू चिन्तित भएको उनले बताए ।

उनले भने, ‘फिल्म क्षेत्रमा पनि अन्याय अत्याचार हुँदा आवाज उठाउनुपर्छ । लोकतान्त्रिक देशको नागरिकले आफ्नो भनाई राख्न पाउनुपर्छ भन्ने धारणा बोक्ने मान्छे हो म । एउटा व्यक्तिमाथि पुरानो सरकारले कुदृष्टि नै राखेर कार्य गरिरहेको हो कि भनेर मनमा परिरहेको थियो ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट