काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय समितिको प्रथम पूर्ण बैठक मंगलबारबाट काठमाडौंमा सुरु भएको छ ।
बैठकमा विधानको मस्यौदामाथि छलफल हुने नेताहरुले जनाएका छन् । केन्द्रीय समितिको बैठकमा छलफल भएपछि विधान मस्यौदालाई तल्लो तहमा छलफलका लागि पठाइने र छलफलबाट आएका सुझावमा आधारमा पारित गरिने प्रलोपा नेता राम कार्कीले जानकारी दिए ।
उनले पार्टीले अवलम्वन गर्ने समाजवादको कस्तो हुने भन्ने बिषय पनि सवैको सुझावका आधारमा तय गरिने बताए । प्रथम पूर्ण बैठकमा केन्द्रीय सदस्यलाई शपथ गराउने क्रममा सदस्यहरुले समाजवादका बारेमा प्रश्न उठाएका थिए । नेता कार्कीले अहिले विधानलाई अन्तिम रुप दिन बाँकी रहेपनि सपथ ग्रहणका लागि सम्मुन्नत समाजवाद भन्ने शव्द मात्रै राखिएको स्पष्ट पारेका थिए ।
त्यसपछि पार्टीका संरक्षण डा बाबुराम भट्टराई अध्यक्ष मण्डललगाएत केन्द्रीय सदस्यहरुलाई सपथ गराएका थिए । बैठक बुधबारसम्म चल्ने प्रलोपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस